कतारमाथि नेपालको शानदार जीत

केन्द्रभाग मिडिया

काठमाडौँ ।

एसीसी प्रिमिएर कप प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा नेपालले शानदार जीत निकालेको छ ।

सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले कतारलाई ६८ रनले पराजित गरेको हो । सन्दीपले पाँच विकेट लिएपछि कतार ८९ रनमा अलआउट हुन पुगेको हो । जीतसँगै नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, कतारले २५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

  • १४ बैशाख २०८०, बिहीबार १५:३२ प्रकाशित