चट्याङ लागेर ११ वर्षीय बालकको ज्यान गयो

केन्द्रभाग मिडिया

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ भने दुई घाइते भएका छन् । गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको ज्यान गएको हो ।

चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।

  • १४ बैशाख २०८०, बिहीबार १४:४७ प्रकाशित