आज यस्तो छ विदेशी मुद्रा विनिमयदरको मुल्य (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार आज डलर एकको खरिददर १३० रुपैयाँ ५३ पैसा र बिक्रीदर १३१ रुपैयाँ १३ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४४ रुपैयाँ १९ र बिक्रीदर १४४ रुपैयाँ ८५ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७६ पैसा छ ।१० जापानी येनको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ९६ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७२ पैसा र बिक्री दर ३५ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा रहेको छ ।

  • १४ बैशाख २०८०, बिहीबार १०:३५ प्रकाशित