गण्डकीमा आज नयाँ सरकार बन्दै : कांग्रेसका सुरेन्द्रराज मुख्यमन्त्री नियुक्त हुने

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा आज नयाँ सरकार बन्दै छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दिएको समय आज सकिदैछ । समय सकिनुअघि नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे बहुमत सरकारको मुख्यमन्त्री नियुक्त हुने भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज अपराह्न ४ बजेसम्मको समय दिएका छन् । पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस९माओवादीको सरकार बन्न लागेको हो ।

गण्डकीमा शीर्ष तहमै कांग्रेस९माओवादी आलोपालो गर्ने सहमति भएको नेताहरुले बताएका छन् । पहिलो चरणमा कांग्रेसले नै मुख्यमन्त्री पाउने भएको छ ।

माओवादीले कम्तिमा कति समयपछि मुख्यमन्त्री पालो पाउने ग्यारेन्टी गर्न, ७ मन्त्रालयमध्ये ३ मन्त्रालय पाउनुपर्ने माग गर्दै अझै केन्द्रको निर्णय कुरिरहेको छ ।माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आलोपालो सरकार चलाउने वारे कम्तिमा लिखितै गर्नुपर्ने अडानमा छन् ।

गण्डकीमा कांग्रेसका २७, माओवादीका ७ ९सभामुखबाहेक० सदस्यले ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन सहज बहुमत पुग्छ । मनाङबाट स्वतन्त्र रुपमा सर्वसम्मत चुनावले जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङ) पनि गठबन्धनमा हुँदा ३५ सदस्य पुग्छ ।

  • १४ बैशाख २०८०, बिहीबार ०९:५१ प्रकाशित