एसीसी प्रिमियर कप : कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल, ९ रन जोडेर २ विकेट गुमायो

केन्द्रभाग मिडिया

काठमाडौं ।

एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कतारविरुद्ध पहिला ब्याटिङ गर्दै छ ।

जारी खेलमा नेपालले कतारविरुद्ध रन जोड्न संर्घष गरिरहेको छ ।तुलनात्मक रुपमा कमजोर मानिएको कतारविरुद्ध नेपालले ३.३ ओभरमा ९ रन जोडेर दुई विकेट गुमाएको छ ।

कुशल भुर्तेत ८ बल खेल्दै २ रन बनाएर आउट हुँदा भिम सार्की १२ बलमा ६ रन बनाएर आउट भए । भने, आसिफ शेखले खाता खोल्न सकेका छैनन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले कतारलाई पराजित गर्दै समूह ए को विजेता बन्ने लक्ष्यमा छ ।

  • १४ बैशाख २०८०, बिहीबार ०९:३१ प्रकाशित