मिटरब्याजसँग सम्बन्धित विधेयक छिट्टै ल्याउँछौं : गृहमन्त्री श्रेष्ठ

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसँग सम्बन्धित विद्येयक छिट्टै ल्याउने बताएका छनु ।श्रेष्ठले मिटरब्याजी पीडितसँग गरिएको सम्झौताबमोजिम मुलुकी फौजदारी संहिता संशोधन विधेयक छिट्टै संसद्‌मा लैजाने बताएका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजलाई फौजदारी कानुनको परिभाषामा समेट्ने गरी मुलुकी फौजदारी संहिता संशोधन मस्यौदा विधेयक मन्त्रिपरिद्ले स्वीकृत गरिसकेको जनाउँदै अब छिट्टै संसद्‌मा ल्याइने जानकारी दिएका हुन् ।

सरकारले यसअघि नै मन्त्रिपरिषद्‌बाट मिटरब्याजलाई फौजदारी कानुनको परिभाषामा समेट्ने गरी मुलुकी फौजदारी संहिता संशोधन गर्ने निर्णय गरेको थियो ।

  • १३ बैशाख २०८०, बुधबार १६:५७ प्रकाशित