देश बचाउन सबै दलहरु एकै ठाउमा उभिनुको विकल्प छैन : गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरुङले देश संकटमा परेको बेलामा कम्युनिष्ट विचार राख्नेहरु एकै ठाउमा उभिनुको विकल्प नभएको बताएका छन् । कम्युनिष्ट एकता हुन नसके अहिलेको प्रारम्भिक चरणमा समाजवादी मोर्चा बनाउने प्रक्रियामा भए पनि सहभागी हुनुको विकल्प नरहेको गुरुङको धारणा छ ।

पोखरामा बुधबार पूर्ण पौडेल प्रतिष्ठानको घोषण सभामा बोल्दै महासचिव गुरुङले कम्युनिष्ट मात्र नभई नेपालमा रहेका कम्युनिष्ट र गैरकम्युनिष्ट दलहरु बीच राष्ट्रिय स्वाधिनता र परिवर्तनका एजेण्डाको रक्षाका लागि सहकार्य गर्नुको विकल्प नभएको बताए । इतिहासमै देश अहिले संकटमा रहेको धारणा राखेका उनले यो बेला एकले अर्काेलाई निषेध र विस्थापित गर्ने समय नभएको उल्लेख गरे ।

अन्तराष्ट्रिय शक्ती संघर्षको भूमरीमा नेपाल पर्न सक्ने भन्दै गुरुङले नेपाल युक्रेन र अफगानीस्ततान बन्न सक्ने तर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

अहिले कसैले पनि द्धन्द्ध निम्त्याउने काम गर्न नहुने उनको भनाई छ । ‘परिस्थितिको ठिक ढंगले विश्षेण गर्न सकिएन भने राष्ट्रिय अस्मितालाई ध्वस्त पार्ने खतरा रहन सक्छ । जसले राष्ट्रिय अस्मितालाई खण्डन गर्दिन सक्छ,’ उनले भने ।

उनले थपे, ‘राष्ट्र नै अप्ठ्यारो परेको अवस्थामा सत्ता र प्रतिपक्षको नामा तानातान र मारामार गरेर अस्थिरता मच्चाउन थाल्ने हो भने देशको राष्ट्रिय अस्मितालाई नै खण्डित पारिदिन सक्छ ।’

  • १३ बैशाख २०८०, बुधबार १७:४६ प्रकाशित