मनमोहनका विचार र कामलाई अघि बढाउन जरुरी छ : ईश्वर पोखरेल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीको विचार र कामलाई अघि बढाउन जरुरी रहेको बताएका छन् । त्यसका लागि बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको पोखरेलको भनाइ छ ।

मनमोहन अधिकारीको २४औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजति कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरुबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने बताएका हुन्।

वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको उनको भनाई छ । पोखरेलले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र देश बनाउने नेतृत्व नेकपा एमालेले गरिरहेको बताए । वर्तमान गठबन्धन सिद्धान्तविहीन,उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको उनको जिकिर छ ।

पोखरेलले भने, ‘मनमोहन अधिकारीका विचार र कामहरूलाई अघि बढाउन जरुरी छ । आज हामी जुन अवस्था छौँ । एउटा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक्ता छ । राष्ट्रिय शक्ति निर्माण गरिरहँदा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यक्ता छ ।’

  • १३ बैशाख २०८०, बुधबार १५:२४ प्रकाशित