‘सातौँ पोखरा स्पोर्टस अवार्ड २०७९’ का ४ विधामा मनोनय सूची सार्वजनिक

केन्द्रभाग मिडिया

पोखरा ।
‘सातौँ पोखरा स्पोर्टस् अवार्ड २०७९’ का लागि ४ विधाका मनोनय सूची सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पात्रकार मञ्च गण्डकीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरीर वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको मनोनय सार्वजनिक गरेको छ ।

मनोनयन सूचीमा वर्ष खेलाडी तर्फ करण केसी (क्रिकेट) बागलुङ। गांगा कुँवर (आर्चरी) तनहुँ, प्रदिप खड्का (टेनसि) कास्की रहेका छन् । वर्ष खेलाडी महिलामा रोजिना थापा मगर ( आर्चारी) बागलुङ, सावित्रा भण्डारी(फुटबल) लमजुङ, सुस्मिता थापा मगर (आइटिएफ तेक्वान्दो) बागलुङ । यस्तै उदियमान खेलाडी रवि केसी (भलिबल) बागलुङ, सुमित श्रेष्ठ (फुटबल) कास्की र सुवास भण्डारी (क्रिकेट) कास्की रहेका छन् ।

उत्कृष्ट प्रशिक्षक तर्फ किशोर कुमार गुरुङ, (केके, आर्चरी) निरज थापा (लनटेनिस) कास्की, सुरज सुनार (आइटिएफ तेक्वान्दो) कास्की रहेका छन् ।

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।

उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गर्ने मञ्चले जनाएको छ ।

अवार्ड कार्यक्रम सम्पन्न गर्न ३२ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र सो खर्च व्यवस्थापनको लागि ३५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष दीननाथ बरालले जनाए । बचत भएको रकम पत्रकार कल्याणकारी अक्षयकोष तथा वृत्ति विकासका तालिममा खर्च गरिने बराले खुलाए ।

अन्य विधाका मनोनयन क्रमस सार्वजनिक गरिने मञ्चका अध्यक्ष दिननाथ बरालले जानकारी दिए । प्रतिभा छनोट पारदर्शी बनाउन मञ्चले खेलाडी छनौट समिति गठन गरेको छ । बाकीँ विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषण गर्न वाकीँ छ ।

यही बैशाख २३ गते पोखरा सभागृहमा अवार्ड वितराण समारोहको आयोजना गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

  • १३ बैशाख २०८०, बुधबार १२:२५ प्रकाशित