काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । यो सन्देश अनुरुप आफूलाई बदलेर नयाँ ढंगले जुट्ने उनले बताए ।
‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ,’ महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन् ।
मतदाताको प्रत्येक मतलाई सम्मान गर्ने बताउँदै उनले भन्दै नवीन अभियानमा नयाँ ढंगले जुट्ने बताए । महामन्त्री शर्माले उपचुनावमा विजयी भएकाहरूलाई बधाई तथा शुभकामना दिए ।
उपचुनावमा विजयी मित्रहरूलाई बधाई तथा शुभकामना l
परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ l देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफुलाई बदल्नुछ l नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी l आदरणीय मतदाताको प्रत्येक मतलाई सम्मान छ l जय नेपाल !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 26, 2023













