काठमाडौँ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नवीकरण अवधि १० वर्ष बनाउने तयारी गरेको छ ।
मंगलबार मन्त्रालयमा नै एक कार्यक्रमको आयोजना गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्स नवीकरणको अवधि बढाउन लागिएको जानकारी दिए ।
५/५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्दा सर्वसाधारण सेवाग्राहीहरूलाई झन्झट भएको भन्दै मन्त्रालयले १० वर्षमा एक पटक नवीकरण गरे हुनेगरी तयारी थालेको मन्त्री ज्वालाको भनाइ छ । हाल सवारी लाइसेन्स नवीकरणको अवधि ५ वर्षको रहेको छ ।
नवीकरणको समयावधि बढाएर राहदानी ९पासपोर्ट० कै अवधि बराबर लाइसेन्सको नवीकरण अवधि पनि १० वर्ष पु¥याउन लागेको हो ।














