भारी मतसहित रवि लामिछानेको शानदार जित

केन्द्रभाग मिडिया

काठमाडौं ।

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतसहित विजयी भएका छन् ।

अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १७६ मत पाए निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरे । दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ ।

एमालेबाट उम्मेदवार बनेका रामप्रसाद न्यौपाने १० हजार ९३६ मत ल्याएर तेस्रो बने ।मंसिर ४ को चुनावमा रविले ४९ हजार ३ सय मत प्राप्त गरेका थिए ।

  • १२ बैशाख २०८०, मंगलवार १३:५२ प्रकाशित