चितवन क्षेत्र नम्बर २ को मतगगणना नसक्किदै कांग्रेस उम्मेदव जितनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई बधाई दिएका छन् । उनले आफ्नो हार स्वीकार्दै रविलाई बधाई दिएका हुन् । श्रेष्ठले बधाई दिदैं कांग्रेस अब कि सच्चिनुपर्ने, कि सक्किनुपर्ने बताएका छन् ।
‘जनताले परिवर्तन खोजेको र परम्परागत दलहरू सच्चिनुपर्छ भन्ने सन्देश दिएको छ,’ जितनारायणले पत्रकारहरूसँग भनेका छन् , ‘मैले परिणामलाई स्वीकार गरेको छु। हार स्वीकार गरेको छु। अझै म जनताका काम गर्दै अघि बढ्छु। रविजीलाई बधाई छ।’
चितवनमा लामिछानेको जित निश्चित भइसकेको छ।कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपा उम्मेदवार रविलाई खादा लगाएर बधाईसमेत दिएका छन्।
लामिछानेले अहिलेसम्म ४५ हजार ८ सय ४२ मत ल्याइसकेका छन् भने जितनारायणले ८ हजार ४ सय २५ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३ सय ३० मत ल्याएका छन्।













