सरकारमा जाने सम्भावनै छैन : रवि लामिछाने

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।

चितवन-२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन् ।

सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन,सरकारमा जाने त सम्भावनै छैन ।’ रविले भनेका छन्

 

 

  • १२ बैशाख २०८०, मंगलवार १०:१२ प्रकाशित