मुख्यमन्त्री बन्न कांग्रेस–माओवादी हानथाप , नियुक्तीमा ढिलाई

केन्द्रभाग मिडिया

गण्डकी ।
गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वानमा ढिलाइ भएको छ । गठबन्धन गरेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सरकारको नेतृत्वको लागि टसमस नहुदाँ सरकार गठनमा ढिलाई भएको हो ।

गण्डकी प्रदेशको सरकार बनाउने र ढलाउने मुख्य भूमिका खेल्दै आएको नेकपा माओवादी केन्द्रको नेतृत्व यस पटक आफै मुख्यमन्त्री बन्ने दाउमा छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान संविधानले गरेको व्यवस्थाअनुसार धारा १६८ को उपधारा (२) अनुससार प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नुपर्ने बताउन् । मुख्यमन्त्रीमा आफ्नो दावी रहेको चुमानले बताए । उपधार २ अनुसार दुइ वा दुइ भन्दा धेरै दलको समर्थन प्राप्त सांसद मुख्यमन्त्री नियुक्त हुन सक्छन् ।

कांग्रेस कुनै पनि हालतमा मुख्यमन्त्री नछाड्ने पक्षमा उभिएको छ । संसदीय दलका नेता सुरेन्द्र पाण्डे बहुमत नजिक रहेको ठुलो दलको हैसियतले पनि कांग्रेसले पहिला सरकारको नेतृत्व पाउनुपर्ने अडानमा छन् । पाण्डे २७ सांसद बोकेर अहिले काठमाडौँमा छन् । सभापति शेर बहादुर देउवालाई भेटेर कांग्रेस सांसदले माओवादीलाई मुख्यमन्त्री नछाड्न दवाव दिएका छन् । कांग्रेसको उपधार २ अनुसारको सरकार ढलिसकेकाले उपधार ३ अनुसार सरकार गठन हुने व्यवस्था रहेको दावी छ । उपधार ३ अनुसार ठुलो दलको नेतालाई प्रदेश प्रमुखले स्वतः मुख्यमन्त्री नियुक्ती गर्ने व्यवस्था छ ।

दुइ दलको आ–आफ्नै दावी रहदा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ भने अनिर्णयको बन्दी बनेका छन् । शनिबारको गण्डकी प्रदेशसभाको बैठकमा प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान हुनुपर्ने भए पनि हालसम्म हुन सकेको छैन । प्रदेश सभामा कांग्रेसका २७ सांसद र माओवादीका ८ सांसद छन् ।

  • ११ बैशाख २०८०, सोमबार १८:५८ प्रकाशित