काठमाडौँ । सिन्धुलीमा चट्याङ लागेर ३ जना घाईते भएका छन् ।
अविरल वर्षा सँगै परेको चट्याङ लागेर सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ३ जना घाइते भएका हुन् । घाईते हुनेमा दुर्गा कुमारी भुजेल, उनकी बुहारी २८ वर्षीया हिराकुमारी भुजेल र ८ वर्षीय निकेश भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घर बाहिर राखिएको बिजुलीको मिटर बक्समा चट्याङ परेको प्रहरीले जनाएको छ ।













