काठमाडौं ।
तनहुँ निर्वाचन क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
उनले प्रचार प्रसार निषेधको अवधि सुरु भइसकेपछि वैशाख १० गते निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) र (घ) प्रतिकूल हुने गरी सामाजिक सञ्जालमामार्फत रवि लामिछानेको स्टाटस शेयर गरी मतदाता प्रभावित पार्ने हतकण्डा अपनाएको भन्ने उजुरी परेपछि उम्मेदवार वाग्लेलाई समितिले स्पष्टीकरण सोधेको हो ।













