बारा ।
बारा २ मा जसपाका उपेन्द्र यादव पछि परेका छन् । सुरुवाती अग्रता लिएका यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहले उछिनेका हुन् ।
पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाएका छन् ।
नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएका छन् ।













