चितवन । चितवन २ पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । सुरुवातमा एमालेका रामप्रसाद न्यौपानेले अग्रता लिएकोमा अहिले रविले उनलाई उछिनेका हुन् ।
इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन् ।













