बारा ।
बारामा जनता समाजवादी पार्टी(जसपाका उम्मेदवार उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् । जारी मतगणनामा यादवले २२४ मत पाएका छन् ।
जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुसवाहले १७० मतसहित यादवलाई पछ्याएका छन् भने नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल ८० मत ल्याउँदै चौथो स्थानमा छन् ।
मंसिर ४ को निर्वाचनमा बारा २ बाट रामसहाय प्रसाद यादव विजयी भएका थिए । उनी उपराष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन भएको हो ।













