लुम्बिनीमा पनि ढल्यो एमाले सरकार

केन्द्रभाग मिडिया

रूपन्देही । लुम्बिनी प्रदेशमा पनि एमाले सरकार ढलेको छ । मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएसँगै प्रदेशमा सबैभन्दा ठूलो दल एमालेको सरकार ढलेको हो ।

सोमबार प्रदेशसभाको बैठकमा उनले मागेको विश्वासको मत बहुमत सदस्यबाट अस्वीकृत भएको हो । प्रदेशसभामा रहेका ८७ सांसदहरूमध्ये ३३ जना मात्र उनको पक्ष र ५३ जना विपक्षमा रहेकोले सभामुख तुलाराम घर्तीले अस्वीकृत भएको घोषणा गरेका छन् ।

सभामुख घर्तीले यो सँगै सदनको बैठक अर्को सूचनामार्फत बोलाउने भन्दै स्थगित भएको जानकारी गराएका छन् । चैत १२ गते लुम्बिनीमा रहेका ८ दलका ५३ सांसदहरूले कांग्रेस दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउने दाबीसहित प्रदेश प्रमुखलाई पत्र बुझाइसकेका छन् ।

  • ११ बैशाख २०८०, सोमबार १३:१७ प्रकाशित