पोखरा ।
गण्डकीमा खगराज अधिकारी नेतृत्वको सरकार ढलेसगै गण्डकीमा नयाँ सरकार गठनको कसरत सुरु भएको छ । तर गठबन्धन गरेका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कसले पहिला सरकारको नेतृत्व भन्ने विवाद उत्कर्षमा पुगेको छ ।
माओवादीले पहिले मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेको छ । तर कांग्रेसले आफ्नै नेतृत्वमा सरकार हुनुपर्ने अडान लिएको छ । प्रदेश प्रमुखले पनि सरकार गठनका लागि आह्वान नगर्दा थप अन्योल थपिएको छ ।
माओवादीलाई सरकारको नेतृत्व नदिन भन्दै अहिले कांग्रेसका सांसदहरू काठमाडौँ डेलिगेसन गएका छन् । मुख्यमन्त्री माओवादीलाई दिने संकेत पाएपछि उनीहरू उक्त निर्णय रोक्नका लागि कांग्रेस सांसद देउवालाई भेट्न काठमाडौँ गएका हुन् । संसदीय दलका नेता सुरेन्द्र पाण्डे आइतबारनै काठमाडौँ गएका हुन् भने सोमबार बिहानै अरु सांसद पनि काठमाडौँ लागेका छन् ।
गण्डकीमा कांग्रेसको २७ सीटसहित सबै भन्दा ठुलो दल छ । माओवादीको ८ सीट छ । सरकार गठनका लागि ३१ सीट चाहिन्छ ।













