बारा ।
बारामा मतगणना सुरु भएको छ । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको हो ।
बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।
शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
अहिले मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर वडाबाट सुरु गरिएको छ ।
मंसिर ४ को निर्वाचनमा बारा २ बाट रामसहाय प्रसाद यादव विजयी भएका थिए । उनी उपराष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन भएको हो ।













