ठुला दलको गढमा स्वर्णीमको हमला, दोब्बर बढीको अग्रता

केन्द्रभाग मिडिया

तनहुँ।

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ ।

पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएका छन् । वाग्लेले ११ हजार ४२८ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४६५ मत पाएका छन् ।

एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ७४८ मत पाएका छन् ।

स्वर्णिमले सत्ता गठबन्धन र नेकपा एमालेको गढ भनिएकै क्षेत्रबाट धेरै मत पाएका छन् । स्थानीय तह निर्वाचनमा १३ वटा वडाहरु रहेको भानु नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसले जितेको थियो । यहाँका ९ वटा वडा कांग्रेसले तथा एमाले र स्वतन्त्रले दुईदुई वटा वडा जितेका थिए ।

  • ११ बैशाख २०८०, सोमबार ११:५५ प्रकाशित