तनहुँ अपडेट : १६ हजार भोट गनिसक्दा स्वर्णिमको अग्रता कायमै, झण्डै ५ हजार मतले पछि छन् गोविन्द

केन्द्रभाग मिडिया

तनहुँ ।

तनहुँ क्षेत्र नम्बर १ को जारी गणनाको अपडेट प्राप्त भएको छ । तनहुँ नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको ११ वडाको १६ हजार ३७२ मत गनिसक्दा रास्वपाका डा. स्वर्णिम वाग्लेले ९२०९ मत प्राप्त गरेका छन् ।

कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई झण्ठै ५ हजार मतले पछि छन् । उनले ४२१३ मत ल्याएर दोस्रो स्थानमा रहँदा एमालेका सर्वेन्द्र खनाल २४३० मतका साथ तेस्रो स्थानमा छन् ।

अहिलेसम्म गणना गरिएको मतको स्वर्णिमले मात्र ५६ प्रतिशत भोट प्राप्त गरेका छन् ।

  • ११ बैशाख २०८०, सोमबार १०:०९ प्रकाशित