गण्डकीले नयाँ मुख्यमन्त्री पाउन सकेन, प्रदेश सभाको अधिवेशन अन्त्य

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बैशाख ९ गतेका लागि बोलाएको अधिवेशन १० गते अन्त्य गरेका हुन् ।

यस पहिले अन्त्य भइ सकेको हिउदे अधिवेशन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन हिजोका लागि आह्वान गरिएको थियो । बजेट अधिवेशन सुरु गर्ने समय नभएको र प्रदेश सभाका लागि विजनेस पनि नभए पछि प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको हो ।

अधिकारीले विश्वासको मत पाउन नसके पछि पदमुक्त भएका छन् । प्रदेश प्रमुख गुरुङले नयाँ मुख्यमन्त्री नियुक्तीको प्रकृया भने सुरु गरेका छ्रैनन् ।

प्रदेश अन्र्तगत तनुहँ क्षेत्रनम्बर १ मा उपनिर्वाचन भएकाले आजका लागि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तीको प्रकृया अगाडी नबढाएको बुझिएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी मिल्दा प्रदेश सभामा बहुमत पुग्ने भए पनि मुख्यमन्त्रीमा दुवै दलले आ–आफ्नो दलले पहिला मुख्यमन्त्री पाउनुपर्ने दावी गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा (२ं) बमोजिम सरकार बन्ने माओवादीको भनाई छ । कांग्रेले भने प्रदेश प्रमुखले कानुनी परामर्श गरेर नियुक्ती गर्ने बताएको छ । सरकार गठनको उपधारा ३ अनुसार भए स्वतः ठुलो दलको हैसियतमा कांग्रेस संसदी दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ती दिनुपर्ने हुन्छ ।

उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुख बाट आह्वान भएमा बहुमत जुटाउने दलको तर्फबाट अगाडी सारिएको व्यक्ती मुख्यमन्त्रीमा नियुक्त हुने छ । उपधार २ अनुसार माओवादीले पनि मुख्यमन्त्रीको दवी गर्न सक्ने छ ।

  • १० बैशाख २०८०, आईतवार १८:४४ प्रकाशित