छिट्टै समाजवादी मोर्चा घोषण गर्छौ : प्रम दाहाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छिट्टै समाजवादी मोर्चा घोषणा गर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले नेकपालाई पुनर्जीवित गराउन समाजवादी मोर्चा घोषणा गर्ने बताएका हुन् ।

नेकपा स्थापना दिवसको अवसरमा आइतबार नेकपा एकीकृत समाजवादीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादी मोर्चामार्फत पार्टी एकताका लागि प्रयास हुने बताए ।

‘सबै समाजवादी मोर्चामा आबद्ध हौं । त्यसबाट सन्देश दिऔं । भविष्य उज्वल छ हामी फेरि एकता सन्देश दिऔं । विचारधात्मक कामलाई अघि बढाऔं,’ दाहालले भने, ‘छिट्टै समाजवादी मोर्चा घोषणा गरिनेछ । त्यहाँबाट पार्टी एकतको नयाँ ध्रुविकरणतर्फ जानेछौं । नेकपातर्फ फर्किनका लागि सबैलाई अपिल गर्नेछौं । नेकपा एकाध नेताहरुको सनकको कारण दुर्घटना परे पनि लाखौं जनताले अनुमोदन गरेको एकता हो । हामीबाट प्रस्तावित एकता हो । यसमा आग्रह वा पूर्वाग्राहले नहेरौं ।’

  • १० बैशाख २०८०, आईतवार १६:४७ प्रकाशित