कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई आयोगले सोध्यो स्पष्टीकरण

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले तनहुँ-१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आयोगको तनहुँस्थित निर्वाचन अनुगमन समितिले उम्मेदवार भट्टराईले प्रचारप्रसार निषेध गरिएको अवधिमा मोवाइलबाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना पाएको भन्दै निर्वाचन आचारसंहिता उल्लंघनमा स्पष्टीकरण पेश गर्न भनेको हो ।

आयोगका अनुसार उम्मेदवार भट्टराईले ७ गते राति १२ बजेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ ९ग० प्रतिकूल हुने गरी भ्वाइस म्यासेजमार्फत मत मागेका थिए ।

  • १० बैशाख २०८०, आईतवार १५:५५ प्रकाशित