काठमाडौं ।
प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमण तालिका भारत पठाइएको छ ।प्रधानमन्त्री प्रचण्डले शनिबार छलफल गरेर वैशाख ३१ र जेठ १ गते (मे १४–१५)मध्ये एउटा एक दिन भ्रमणमा आउन सकिने प्रस्ताव दिल्ली पठाएको प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयले जनाएको छ।
यी दुई मितिमध्ये भारतले एउटा तय गरेर खबर गरेपछि प्रधानमन्त्री प्रचण्डको भ्रमण तय हुने बताइएको छ । भारतबाट यसै साताभित्र मिति कन्फर्म गरिने बताइएको छ ।













