चितवन ।
चितवनको नवकिरण कमलकुसुम माध्यमिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच विवाद हुँदा मतदान प्रभावित भएको छ ।
मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए ।
दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको छ ।
तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको छ । उता रास्वपाले भने बुथ अबलोकन गर्न जाँदा गुण्डाहरूले आक्रमण गरेको दावी गरेको छ । आक्रमणकारीहरुले मोबाइल पनि फुटाइदिएको रास्वपासउ नेता दिपक बोहोराको भनाइ छ ।













