गण्डकीमा मुख्यमन्त्री नियुक्ती ढिलाई, प्रदेश प्रमुख काठमाडौँमा

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत पाउन नसके पछि स्वतः पदमुक्त भएका छन् । अधिकारी पदमुक्त भए पछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बोलाउनु पर्ने वा नियुक्ती गर्नुपर्ने हुन्छ ।

तर, प्रदेश प्रमुख पृथ्वीमान गुरुङ भने अहिले काठमाडौँमा छन् । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कसको नेतृत्वमा सरकार भन्ने टुन्गो नलाग्दा प्रदेश प्रमुख पनि मुख्यमन्त्री नियुक्तीमा अलमलमा परेका छन् । संविधानको कुन उपधार अनुसार सरकार गठन गर्ने भन्नेमा दुइ मत देखिए पछि प्रदेश प्रमुख गुरुङ छलफलमा जुटेको उनको सचिवालयले जनाएको छ ।

संविधानको धारा १६८ (२) अनुसार आह्वान भएमा मिलिजुलि सरकार बन्दा कांग्रेस र माओवादीबीच नेतृत्वबारे सहमझदारी जरुरी हुन्छ । आलोपालो सरकारको नेतृत्व गर्ने सहमती गरे पनि कुन पार्टीले पहिला नेतृत्व गर्ने भन्नेमा दुइ दलमा आ–आफ्नै दाबी छन् ।

संविधानको धारा १६८ को उपधारा (२ं) बमोजिम सरकार बन्ने माओवादीको भनाई छ । कांग्रेले भने प्रदेश प्रमुखले कानुनी परामर्श गरेर नियुक्ती गर्ने बताएको छ । सरकार गठनको उपधारा ३ अनुसार भए स्वतः ठुलो दलको हैसियतमा कांग्रेस संसदी दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ती दिनुपर्ने हुन्छ । उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुख बाट आह्वान भएमा बहुमत जुटाउने दलको तर्फबाट अगाडी सारिएको व्यक्ती मुख्यमन्त्रीमा नियुक्त हुने छ । उपधार २ अनुसार माओवादीले पनि मुख्यमन्त्रीको दवी गर्न सक्ने छ ।

सत्ता गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस र नेकपा माओवादीबाट कुन दलले पहिला सरकारको नेतृत्व गर्ने भन्नेमा सहमति भइनसकेकाले अन्योलता देखिएको हो ।

  • १० बैशाख २०८०, आईतवार ११:५६ प्रकाशित