चितवनमा एक मतदाताको नामबाट अर्कैले मतदान गरेको खुलासा

केन्द्रभाग मिडिया

चितवन ।चितवनमा एउटा व्यक्तिको नाममा अर्कैले मतदान गरेको खुलासा भएको छ ।

चितवनको भरतपुर दुईमा रहेको बालकुमारी माध्यमिक विद्यालय मतदान केन्द्रमा एक मतदाताको नाममा अर्कैले मतदान गरेको खुलासा भएको हो ।

लक्ष्मी गुरुङले नाम रुजु गरेर मतदान स्थलभित्र गएपछि मतदान भइसकेको पाइएको हो । उनलाई नागरिकता लिएर आउन भनिएको छ ।बालकुमारी माद्यामिक विद्यालय केन्द्रका मतदान अधिकृत मधुराम दवाडीले थप परिचयपत्र ल्याएमा मतदानको व्यवस्था गरिने जानकारी दिए ।

  • १० बैशाख २०८०, आईतवार १०:५३ प्रकाशित