पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा रहेको छ ।
यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९८ पैसा छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ ११पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा रहेको छ ।