पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत गुमाएका छन् ।
उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा २४ मत र विपक्षमा ३५ मत परेको सभामुख कृष्ण प्रसाद धितालले जानकारी दिए । प्रदेशसभामा ५९ सांसद उपस्थित थिए । प्रस्ताव बहुमतले अस्विकृत भयसगै मुख्यमन्त्री अधिकारी पदमुक्त भएका छन्।
नेकपा (माओवादी केन्द्र) गत चैत्र १० गते सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि संबैधानीक व्यवस्था अनुसार अधिकारीले विश्वासको मत मागेका थिए।
अधिकारी गत पुस २५ गते एमालेसहित माओवादी केन्द्र र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। अधिकारी नेतृत्वको सरकार ढलेसगै गण्डकीमा माओवादी कांग्रेस गठबन्धनबाट नयाँ सरकार बन्ने छ ।













