पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७४ पैसा रहेको छ ।
यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६९ पैसा रहेको छ ।