डढेलो निभाउने क्रममा जलेर एकको ज्यान गयो

केन्द्रभाग मिडिया

गुल्मी ।

गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गुल्मीको धुर्कोट गाउँपालिका वडानम्बर–३ का १३ वर्षका दीपक मुखियाको मृत्यु ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ। पाल्पामा उपचारको क्रममा शुक्रवार बिहान उनको ज्यान गएको हो ।

आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर–३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर घाइते भएको प्रहरीले जनाएको छ । घाइते कुँवरलाई थप उपचारका लागि बुटवल लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ९डिएसपी० डिल्लीनारायण पाण्डेले बताए ।

धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा बिहीबारदेखि लागेको डढेलो निभाउन गएका बेला उनीहरु जलेको प्रहरीले जनाएको छ ।

  • ८ बैशाख २०८०, शुक्रबार ०९:०७ प्रकाशित