पोखरा ।
गण्डकी प्रदेशको पोखरासहित आसपासको जिल्लामा आज बिहान देखि तीव्र हावा चलेको छ ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेकाले आज पहाडी भेगमा वर्षा साथै तराई लगायतका अधिकांशमा भेगमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
अहिले पोखरा लगायत आसपासका भेगमा पनि हावाहुरी गरिरहेकाले सचेत रहन मौसम विभागले आग्रह गरेको छ ।













