काठमाडौं ।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष राम वल्लभ साहविरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पूर्व अध्यक्ष साहमाथि लक्ष्मीपुर पतारी गाउँपालिका–४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुलरकलभर्ट निर्माणका लागि आर्थिक वर्ष २०७५र०७६ पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रकम स्वीकृत गरेको तर उक्त कार्य भने समयमै सम्पन्न नगरी बीचमै अलपत्र पारेर छाडेको आरोप हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले विष्णुदेव यादव अध्यक्ष रहेको उपभोक्ता समितिले पनि आर्थिक वर्ष २०७६÷७७ अर्को उपभोक्ता समिति निर्माण गरिएको तर भौतिक संरचना बेकम्मा भएको अवस्थामा पाँच लाख २८ हजार ४४० रुपियाँ भुक्तानी लिने÷दिने कार्य गरेको बिहीबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।
आयोगले पछिल्लो उतिमलाल मण्डल अध्यक्ष रहेको उपभोक्ता समितिले सो निर्माण जिम्मा लिएपनि अघिल्लो आर्थिक वर्षको डिजाइन समेत नभएको र पुनः डिजाइन नगरी उपभोक्ता समितिका पदाधिकारीको मिलेमतो र संलग्नताबाट भुक्तानी नै गर्न नमिल्ने २६ लाख ४६ हजार २७ रुपियाँ लिने÷दिने कार्य भएको जनाएको छ ।
सो आरोपमा तत्कालीन गाउँपालिका अध्यक्ष साहसहित योजना शाखा प्रमुख चन्द्रेश्वरप्रसाद यादवविरुद्ध बिगो ३१ लाख ७४ हजार ४६७ रुपियाँ भ्रष्टाचार आरोप लागेको छ ।














