अर्थमन्त्री महतद्वारा तीनजना आर्थिक सल्लाहकार नियुक्त

केन्द्रभाग मिडिया

File photo

 

काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेका छन् ।

प्रमुख आर्थिक सल्लाहकारमा अर्थशास्त्री डा. विश्व पौडेल छन् । पौडेल यसअघि राष्ट्रिय योजना आयोगका सदस्य थिए । अन्य दुईजना सल्लाहकारमा डा। पोषराज पाण्डे र डा। गुणाकर भट्ट नियुक्त भएका छन् ।

डा। पाण्डे राष्ट्रिय योजना आयोगका पूर्वसदस्य हुन् भने अन्तर्राष्ट्रिय व्यापार मामिलाका जानकार पनि छन् । यस्तै, डा। भट्ट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन । केन्द्रीय बैंकमा उनले प्रवक्ताको जिम्मेवारीमा समेत रहेर काम गरेका छन् ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले विज्ञ समूहको टीम पाएका छन् ।

 

  • ७ बैशाख २०८०, बिहीबार १६:३७ प्रकाशित