तनहुँमा उपनिर्वाचन बहिष्कार गरौं भन्दैँ प्रचार गर्ने चार जना पक्राउ

केन्द्रभाग मिडिया

आइतबार हुन लागेको उपनिर्वाचन बहिष्कार गरौँ भन्दै प्रचार प्रसार गर्ने चार जनालाई तनहुँ प्रहरीले दमौलीबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पुष्पलाल श्रेष्ठ,रामबहादुर बुढा, धनबहादुर परियार लगायत ४ जना रहेका प्रहरीले जनाएको छ ।नेपाल कम्युनिष्ट पार्टी मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त रुपमा उपनिर्वाचन बहिष्कारको अभियान चलाइरहेका छन् ।

मंसिरमा भएको निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र निर्वाचित भएका थिए । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ वैशाख १० मा उपनिर्वाचन हुँदै छ ।

  • ७ बैशाख २०८०, बिहीबार १४:५९ प्रकाशित