उपनिर्वाचन :आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आउँदो वैशाख १० गते हुन लागेको उपनिर्वाचन लागि मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए ।

चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

भोलिबाट प्रचारप्रसार गर्न नपाइने भएसँगै राजनीतिक दलहरूले आज प्रचारप्रसारको अन्तिम कसरत गर्ने भएका छन् ।

  • ७ बैशाख २०८०, बिहीबार ०९:२७ प्रकाशित