पोखरा ।
आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियोको पोखरामा लोकार्पण गरिएको छ । विनोद बानियाँको स्वर रहेको गीत संचारकर्मी सञ्जयकुमार मल्लले लेखेका हुन् । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका हुन् ।
गीतकार मल्ल र गायक बानियाँका आमा चिजमाया मल्ल र शान्ति बानियाँले एक कार्यक्रमकाबीच गीतको लोकार्पण गरे । कार्यक्रमा बोल्नेले आमा शब्द आफैमा महान भएको भनाई राखे ।
कार्यक्रममा कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल,प्राज्ञ तथा बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले आमाको वारेमा बोलेका थिए ।
पोखरामा छायांकन गरिएको गीतको भिडियोमा खिमकुमारी सुवेदी र अनिल कार्कीको अभिनय रहेको छ। मल्लले सन् २०१५ मा आमालाई समर्पण गरेर लेखिएको कविता ८ बर्षपछि श्रोता÷दर्शक समक्ष ल्याएको बताए ।