सिक्किम ।
गान्तोकमा ट्याक्सी चालकद्वारा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।
सिक्किम प्रहरीका विशेष डीजीपी अक्षय सचदेवाले पाङ्थाङमा शव फेला परेपछि पोस्टमार्टमले पीडितको घाँटी थिचेर यौन दुव्यर्वहारपछि हत्या भएको पत्ता लागेको बताएका छन् ।
गान्तोकबाट करिब पाँच किलोमिटर टाढा पाङ्थाङ नजिकैको फाम्बोन्ग्लो गाउँमा अप्रिल १४ मा गान्तोकको सिचे क्षेत्रकी ११ वर्षीया विद्यालयकी बालिका मृत फेला परेकी हुन्।
पीडित बालिका वैशाख १० गते विद्यालयबाट घर नफर्केपछि उनकी आमाले वैशाख ११ गते बेपत्ता भएको उजुरी दिएकी थिइन् ।चार दिनपछि उनको शव भेटिएको हो सिक्किम प्रहरीले बताएको छ ।
त्यसपछि प्रहरीले अभियुक्तको खोजी सुरु गरेको थियो र तामाङ गुम्पा क्षेत्रको सीसीटीभी फुटेज हेरेर पीडित घर जान ट्याक्सीमा चढेको अनुमान गरिएको थियो। त्यसपछि प्रहरीले पाङ्थाङको जंगलमा तामाङ गुम्पा निवासी कसरी मृत फेला पर्यो भन्ने पत्ता लगाउन धेरै ट्याक्सी चालक र तिनका युनियनसँग सोधपुछ गरेको थियो।
सो क्रममा ट्याक्सी चालक बिहार समस्तीपुरका २९ वर्षीया प्रितम शर्माले नाबालिकाको हत्या गरेको प्रमाण भेटिएको सिक्किम पुलिसका विशेष डीजीपी अक्षय सचदेवाले जानकारी दिएका छन् । हत्यामा संलग्न शर्मालाई हिजो (मङ्गलबार) नियन्त्रणमा लिइ अनुन्धान अघि बढाइएको सिक्किम प्रहरीले बताएको छ ।
शर्मा विगत १० वर्षदेखि गान्तोकमा रही ट्याक्सी चालकको रूपमा काम गर्दै आएका थिए। तीन घण्टाको सोधपुछ अभियुक्त चालकले हत्या र नाबालिगमाथि बलात्कारमा आफु संलग्न भएको अपराध स्वीकार गरेको सिक्किम पुलिसले बताएको छ।
नाबालिगको हत्या पछि उनका आफन्तले आरोपीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।