गठबन्धनका शीर्ष नेता भोलि तनहुँ आउँदै

केन्द्रभाग मिडिया

तनहुँ ।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जाँदै छन् ।

बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ– १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरु भोलि तनहुँ आउन लागेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बताए ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा भोलि दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

  • ५ बैशाख २०८०, मंगलवार १३:५३ प्रकाशित