मिटरब्याज पीडित र प्रहरीबीच झडप

केन्द्रभाग मिडिया

काठमाडौं ।
काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ ।

तराईका विभिन्न स्थानबाट भेला भएर शान्तिवाटिकामा बस्दै आएका उनीहरू न्यायका लागि सिंहदरबारअगाडि, भद्रकालीमा गएर धर्नामा बस्न जाने योजनामा थिए । प्रहरीले आफूहरुमाथि बल प्रयोग गरी त्यहाँबाट जान नपाइने भन्दै बल प्रयोग गरेको हुँदा झडप भएको पीडितहरूले बताएका छन् ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोराको प्रयोग गरेको उनीहरूले बताएका छन् । झडपमा परी केही प्रहरी र १५–२० जना पीडितहरू घाइते भएका छन् ।

  • ४ बैशाख २०८०, सोमबार १४:४४ प्रकाशित