आफैँले बोकेको एसएलआरको गोली लागेर सशस्त्रका हवल्दारको ज्यान गयो

केन्द्रभाग मिडिया

दाङ ।

दाङको तुलसीपुरमा आफैँले बोकेको एसएलआरको गोली लागेर सशस्त्र प्रहरीका हवल्दारको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–८ टिकरी घर भएका ३५ वर्षीय वसन्त केसीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

ड्युटीमा खटिएको बेला आइतबार राति साढे ८ बजे उनले आफैँलाई गोली हानेको आशङ्का गरिएको छ । केसीको घाँटीमा गोली लागेको छ । एसएलआर आफैँ पड्कियो वा सहायक हवल्दारले आफैँमाथि गोली चलाए भन्नेबारे अनुसन्धान भइरहेको तुलसीपुरका डिएसपी पुष्प मल्लले बताए ।

सहायक हवल्दार केसी पाँच दिनअघि मात्रै कारागार सुरक्षा गुल्म तुलसीपुरमा सरुवा भएर आएका थिए ।

  • ४ बैशाख २०८०, सोमबार १४:३२ प्रकाशित