अलाबामा ।
अमेरिकाको अलाबामा राज्यमा बर्थडे पार्टीमा गोली चल्दा कम्तिमा चार जनाको ज्यान गएको छ भने भने २८ जना घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति स्थानीय समयअनुसार १०ः३० बजे डेडेभिल सहरमा एउटा जन्मदिनको पार्टीमा गोली चलेको थियो ।
अलाबामाका गभर्नर केभ आइभीले यसबारे ट्विटरमा लेखेका छन्, ‘आज बिहान, म डेडेभिलका जनता र अलाबामाका मेरा सहकर्मीहरूसँग शोकमा छु। हाम्रो राज्यमा हिंसाको कुनै ठाउँ छैन।’ डेडेभिल पुलिस र हाईस्कूल फुटबल टोलीका लागि धर्मगुरुको रूपमा सेवा गरेका बेन हेसले मारिने अधिकांश किशोर किशोरी रहेको बताए।