स्थगित तीन दलका शीर्ष नेताको छलफल आज

केन्द्रभाग मिडिया

 

पोखरा ।

हिजो स्थगित भएको सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीचको छलफल आज हुनेभएको छ । बेपत्ता छानबिन तथा सत्य निरुपणसहित संसद्‌मा रहेका विधेयकलाई सहमतिमा अघि बढाउने विषयमा आज (सोमबार) छलफल हुनेभएको हो ।

प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विधेयकमा सहमति जुटाउन छलफल हुने भएको हो।

अहिलदे बिहान ९ बजे ओलीनिवास बालकोटमा विधेयक अघि बढाउने समझदारीका लागि छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

विगत केहि दिनदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।

३ दिनयता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भई छलफल अवरुद्ध हुन पुगेको थियो ।

  • ४ बैशाख २०८०, सोमबार ०८:५० प्रकाशित