एसीसी कप लागि नेपाली टोली घोषणा : को – को परे टिममा ? (नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

एसीसी प्रिमियर कपका लागि नेपालले अन्तिम टोली घोषणा गरेको छ ।काठमाडौंमा ५ वैशाखदेखि सुरु हुने एसीसी कपका लागि रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो ।

टोलीमा पौडेल, कुशल भुर्तेल, आशिष शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, गुल्सन झा, आरिफ शेख, प्रतिश जिशी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की र ललित राजवंशी छन् ।

यस पटक अर्जुन साउद, सुर्य तामाङ, किशोर महतो र सन्दीप जोरा वैकल्पिक खेलाडीमा रहेका छन् । पछिल्लो पटक वैकल्पिक स्थान बनाएका श्याम (मौसम)ढकालको स्थानमा किशोर महतो आएका छन् ।

एसीसी प्रिमियर कपमा एसियाका टेष्ट खेल्ने बाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल र ओमानसँगै मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

  • ३ बैशाख २०८०, आईतवार १५:५३ प्रकाशित