भारत उत्तर प्रदेशको प्रयागराजमा पूर्व सांसद र उनका भाईको गोली हानी हत्या भएको छ ।
सांसद अतिक अहमद र उनका भाइ अशरफको शनिवार राती गोली हानी हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उत्तर प्रदेश प्रहरीले पूर्व सांसद अतिक अहमद र उनका भाइको हत्या भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार आक्रमणकारी पत्रकार बनेर आएका थिए ।
तीनै आक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैबीच मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई लिएर उच्चस्तरीय बैठक बोलाएका छन् ।
योगी आदित्यनाथले पनि यस विषयमा उच्चस्तरीय छानबिनको आदेश दिएका छन् । घटनाको छानबिन गर्न तीन सदस्यीय न्यायिक आयोग पनि गठन गरिएको छ ।
अस्पताल नजिकै प्रहरीले घेरिएका अतिक र असरफलाई पत्रकार बनेर आएका आक्रमणकारीले नजिकबाट गोली हानेका थिए ।